गठबन्धन सहयात्रीसँग जसपा असन्तुष्ट
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) सिट बाँडफाँटको विषयलाई लिएर सत्तारूढ गठबन्धनसँग असन्तुष्ट बनेको छ ।
पाँच दलिय गठबन्धनको एक घटक जसपा सिट बाँडफाँटमा अन्यायमा गर्न लागिएको भन्दै असन्तुष्ट बनेको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै सिट बाँडफाँटमा अहिले भइरहेको छलफलप्रति असन्तुष्टि पोखेका छन् ।
धनुषामा बिहीबार आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले जसपा गठबन्धनबिना चुनाव लड्न सक्षम रहेको धारणा राखेका थिए । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE