Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

संसारका खानीमा अब कति सुन बाँकी होला !

९ असाेज
काठमाडौँ – कोभिड १९ को महामारीका बेला सुनमा लगानीको चासो बढेको छ ।  गत महिना सुनको भाउले सबै पुराना कीर्तिमान भङ्ग गर्‍यो। अन्तर्राष्ट्रिय बजारमा यसको भाउ प्रतिआउन्स (करिब २८.३५ ग्राम) २,००० डलरभन्दा माथि पुग्यो।

हुन त यो भाउ सुन व्यापारीहरूका कारण पुगेको थियो तर प्रश्न के उठेको छ भनेः संसारका खानीमा कति सुन बाँकी छ र यो कहिले सकिन्छ ?

सुनको माग एउटा लगानीको रूपमा, हैसियतको प्रतीकको रूपमा तथा कैयौँ विद्युतीय उपकरणका मुख्य पार्टपुर्जाको रूपमा बढिरहेको छ।

तर यो असीमित वस्तु होइन, एउटा बेला आउनेछ जब सबै सुनखानी रित्तिनेछन्।

धेरै उत्खनन

विज्ञहरूले उच्च उत्खनन बिन्दुको कुरा गर्छन् जब कुनै एक वर्षमा उत्खनन गर्न सकिने उच्चतम परिमाणमा सुन झिकिन्छ। कतिपयको विश्वास छ संसार त्यो बिन्दुमा पुगिसकेको छ।

सन् २०१९ मा सुनखानीको कुल उत्पादन ३५३१ टन पुगेको जुन सन् २०१८ मा १ प्रतिशतले कम रहेको विश्व सुन परिषद्ले जनाएको छ। त्यो वर्ष सन् २००८ यता पहिलोपटक उत्पादनमा अघिल्लो वर्षभन्दा कमी आएको थियो।

आगामी वर्षहरूमा खानीबाट सुन उत्खननमा केही कमी आएपनि उच्चतम बिन्दुमै पुगिसकेको भन्न अलि चाँडो हुने परिषद्का प्रवक्ता ह्याना ब्र्यान्डस्टेटरले बताए।

उच्चतम बिन्दुमा पुगेपनि त्यसको केही वर्षसम्म सुनको वार्षिक उत्पादनमा नाटकीय गिरावट नआउने विज्ञहरू ठान्छन्।

सुनखानीका उत्पादन स्थिर तहमा पुगेको छ। अब सम्भवतः घट्दै जानेछ। तर नाटकीय गिरावट हुनेछैन, मेटल्सडेली डटकमका रस नर्म्यान भन्छन्।

अब कति बाँकी छ ?

खानी कम्पनीहरूले जमिनमा कति सुन बाँकी छ भनेर दुई किसिमबाट अनुमान गर्छन्। सुन उत्खनन कार्य झन् झन् कठिन र महँगो हुँदै गइरहेको छ । सुन उत्खनन कार्य अझ कठिन र महँगो हुँदै गइरहेको छ ।

रिजर्भ्स : अहिलेको सुनको भाउ अनुसार फाइदाजनक रूपमा निकाल्न सकिने सुनको परिमाण।

रिजोर्सेस : थप अनुसन्धानपछि उत्खनन गर्दा सम्भावित रूपमा फाइदाजनक हुनसक्ने सुनको परिमाण।

रिजोर्सेसभन्दा सुनको रिजर्भ्सको हिसाब निकाल्न सजिलो छ। अमेरिकी भौगर्भिक सर्भेले गरेको हालको अनुमान अनुसार सुनको रिजर्भ्सको परिमाण ५०,००० टन रहेको छ।

अहिलेसम्म संसारले १,९०,००० हजार टन सुनको उत्खनन गरिसकेको छ। अर्थात् लगभग २० प्रतिशत सुन बाँकी छ। तर यो परिमाण परिवर्तनशील हुने गर्छ।

नयाँ प्रविधिहरूले थप परिमाणको सुनलाई आर्थिक रूपमा फाइदा हुनेगरी उत्खनन गर्न सकिने बनाउन पनि सक्छन्। रोबटिक्स तथा आर्टफिशल इन्टेलिजेन्सको प्रयोगले उत्खनन प्रक्रिया परिष्कृत गरेर त्यसको लागत घटाइदिन सक्छ।  – बिबिसी

WRITE COMMENTS FOR THIS ARTICLE