Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

१ सय ६५ किलो अवैध लागूऔषध गाँजासहित एक पक्राउ

१ सय ६५ किलो अवैध लागूऔषध गाँजासहित एक पक्राउ

१६ जेठ, सुनसरी– प्रहरीले सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारी पानी ट्याङ्कीस्थित सडकबाट १ सय ६५ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ४० वर्षीय गणेश यादबलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई आइतबार बिहान पक्राउ गरेको हो ।

भारततर्फ निकासी गर्ने उद्देश्यले सीमातर्फ लैजान तयारी बनाई सडकमा निकालेको अवैध गाँजा फेला पारेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE