काठमाडौं उपत्यकामा १ साताका लागि थपियो निषेधाज्ञा
१७, भाद्र
काठमाडौँ – उपत्यकामा थप १ साताका लागि निषेधाज्ञाको अवधि लम्ब्याइएको छ । बुधवार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख अधिकारीहरूको बैठकले तेस्रोपटक निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
पछिल्लो निषेधाज्ञा भदौ २४ गतेसम्म जारी रहनेछ । थप गरिएको निषेधाज्ञा अवधिमा केही छुट दिने तयारी गरिएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले केही खुकुलो गर्ने र त्यसका लागि सूचना जारी गरिने बताए ।
उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछि गत भदौ ३ गतेबाट लागू हुने गरेर पहिलोपटक निषेधाज्ञा जारी गरिएको थियो । भदौ १० गते अर्को एकसाताका लागि थपिएको निषेधाज्ञा बुधवार रातिदेखि सकिदैछ ।
निषेधाज्ञा थप्ने कि नथप्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीहरूले गृह मन्त्रालयसँग छलफल गरेका थिए । गृहको सुझावपछि एक साताका लागि निषेधाज्ञा थपिएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE