Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

बलात्कार गर्न खोज्‍नेलाई बचाउन प्रहरी र जनप्रतिनिधिको दाउ

असोज १८ गते
काठमाडौं – बलात्कार प्रयासको आरोप लागेका दुई अभियुक्तलाई बचाउन प्रहरी र जनप्रतिनिधि नै लागेको खुलेको छ । प्रहरीले पीडित पक्षबाट ठाडो निवेदन मात्रै परेको र जनप्रतिनिधिले पञ्चायतीबाट समस्या समाधान गर्ने भन्दै प्रहरी कार्यालयबाट आरोपितलाई बुझेर लगेका छन् ।

सप्तरीको विष्णुपुर गाउँपालिका–६ की ४० वर्षीया महिलालाई आफ्नै गोठमा ‘बलात्कारको प्रयास’ भएको थियो । असोज १२ गते राति ११ बजेतिर गोठमा सुतिइरहेका बेला स्थानीय बचवा सरदार र कोभिया सरदार आएर आफ्नो मुख थुनी बलात्कारको प्रयास गरेको पीडित महिलाको दाबी छ । ‘हल्ला गर्न खोज्दा मलाई पिट्न थाले,’ उनले भनिन्, ‘मैले चिच्याएको सुनेर छिमेकीहरु आउँदा उनीहरु भाग्न खोजे ।’ घटनाको दिन उनका श्रीमान् घरमा थिएनन् । उनी इँटा भट्टामा काम गर्ने मजदुर भएकाले राति कार्यस्थलमै सुत्छन् ।

पीडित महिलाको गुहार सुनेपछि आएका गाउँलेहरुले भाग्दै गरेका आरोपितमध्येका कोभियालाई पक्रेका थिए । मध्यरातमै गाउँलेहरुको भेला बस्यो । कोभियामाथि कुटपीटसमेत भयो । तर, रातको समय भएकाले बिहान कुरा बुझ्ने भन्दै पक्राउ परेका कोभियालाई वडा सदस्य रामकुमार रायले बुझेर लगेका थिए । भोलिपल्ट बिहान बसेको गाउँले भेला (पञ्चायती) मा कोभिया मात्रै उपस्थित भए । अर्का आरोपित बचवा भने वडाध्यक्ष बहादुर सदाको काममा बाहिर गएको बताइएको पीडित महिलाका श्रीमानले बताए ।

उनले श्रीमतीलाई जबर्जस्ती गर्न खोज्नेका विरुद्ध कानुनी कारबाहीको माग गर्दै असोज १४ मा जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिए । जिल्ला प्रहरीले प्रहरी चौकी विष्णुपुरमा उक्त निवेदन पठाइदियो । प्रहरी चौकी विष्णुपुरले आरोपित दुबैजनालाई चौकीमा त लग्यो तर केही बेर राखी वडाध्यक्ष बहादुर सदाको जिम्मा लगाइदिएको पीडित महिलाका श्रीमान्ले बताए ।

‘मैले कानुनी कारबाहीको माग गर्दै निवेदन दिएको हुँ, प्रहरीले वडाध्यक्षको जिम्मामा आरोपितलाई बुझाएर आउँदो मंगलबारलाई पञ्चायती तोकेको छ,’ उनले भने, जसले आरोपितलाई संरक्षण दिइरहेको छ, उसैलाई पञ्चायती गर्ने जिम्मा सुम्पेर प्रहरीले पनि आरोपी संरक्षणमा सहयोग गरेको छ । योसमाचार कान्पिुर देनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE