Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

मन्त्रिपरिषद् विस्तारअघि माधव नेपालसँग छलफल गर्न प्रचण्ड कोटेश्वरमा

मन्त्रिपरिषद् विस्तारअघि माधव नेपालसँग छलफल गर्न प्रचण्ड कोटेश्वरमा

१४ साउन, काठमाडौं– मन्त्रिपरिषद विस्तारअघि माधव नेपालको राय बुझ्न माओवादी अध्यक्ष प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रालय बाँडफाँटको बारेमा छलफल गरेलगत्तै प्रचण्ड नेपाल निवास पुगेका हुन् ।

माधव नेपाल समूहलाई पनि सरकारमा सहभागी गराउन सत्तारुढ गठबन्धन तयार छ । तर, पार्टी एकताको टुंगो नलागेसम्म एमालेमै रहेर सरकारमा सहभागी हुन कानूनी जटिलता रहेको नेपालले बताएका छन् ।

तत्काल मन्त्री पठाउन नमिले पनि माधव नेपाललाई अन्य राजनीतिक नियुक्तिमा स्थान दिने सहमति गठबन्धनमा भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE