काकलिङ मावीको आर्थिक प्रतिवेदन सार्वजनिक, १३ लाख भन्दा बढी अनियमितता असुल
१३ फागुन
काठमाडौं – रामेछापको दोरम्बामा रहेको श्री काकलिङ माविले २०६९ देखि २०७३र०७४ सम्मको आर्थिक प्रतिबेदन सार्वजनिक गरेको छ । सामाजिक परिक्षण गर्दा दुई जना शिक्षकले आर्थिक हिनामिना, अनियमितता गरेको पाएको छ । जसमा शिक्षक कबिन्द्र तामाङले रु ७ लाख १ हजार ५ सय छन भने हरीराम योन्जनले रु ६ लाख५४ हजार १ सय ८१ बेरोजी देखिएको छ । हरिराम योन्जनले स्कुललाई फिर्ता गरि सकेको छन भने कबिन्द्र मोक्तानले अहिले सम्म आधी मात्रै भुक्तानी गरेको र बाकी आउने तलब बाट भुक्तानी नभए सम्म काटेर राख्ने पिटिएको अध्यक्ष कर्मसिहं योन्जनले जनकारी दिनुभएको छ ।
हाम्रो टिमले स्कुलको आर्थिक हिनामिना गर्नेलाइ कारबाही गर्न सफल भएको र आगामी दिनमा कुनै पनि ब्यक्तिलाई आर्थिक हिनामिना , अनियमितता गर्न नदिने योन्जनले बताउनु भयो ।
उक्त कार्यक्रम गाउपालिकाको प्रमुख कमानसिहं मोक्तान ज्युको प्रमुख अतिथिमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै मोक्तानले काकलिङ शिक्षा क्याम्पसलाई सहयोग गर्ने र स्कुललाई नया हल बनाउन बजेट छुट्याउने भनाइ व्यक्त गर्नु भएको छ ।
प्राबिधिक शिक्षा संचालन को लागि जनप्रतिनिधि वडा सदस्य रन्जित मोक्तानको नेतृत्व मा अध्ययन तथा प्रतिबेदन तया समिती पनि गठन भएको छ । स्वेच्छाचारी ढंगले सार्बजनिक सम्पती दोहन गरेको थियो त्यस्लाई कारबाही गरेको मोक्तानले बताउनु भयो ।
२०७५देखि ७६र७७ को चाहिँ सामाजिक परिक्षण पहिले भएको बताउनु भएको छ । २०६९ देखि ०७३र७४ सामाजिक परिक्षण नहुनुमा उहाँहरुले हिसाब देखाउन नसकेर ढिलो भएको हो । अहिले बिध्यालयको आम्दानी २८ लाख भन्दा बढी रहेको योन्जनले बताउनु भयो ।
उक्त कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धन योन्जनको अध्यक्षता सम्पन्न भएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE