Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

मिलिजुली टिकटक परिवारद्वारा २ लाख बराबरको आर्थिक सहयोग

२४ फागुन
काठमाडौँ –
मिलिजुली टिकटक परिवारले  विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि परिवारले २ लाख ८ हजार ६ सय ९१ रुपियाँ   उपचाररत बिरामीलाई आर्थिक सहयोग गरेको हो ।

झण्डै ६ महिना अगाडि टिकटक मार्फत स्थापना भएको टिकटक मिलिजुली परिवारले फागुन २२ र २३ गते काठमाडौँमा वनभोज कार्यक्रमको आयोजना गरि विभिन्न कारणले बिरामी परी अस्पतालमा उपचारत ४ जना बिरामीलाई उपचारमा सहयोग पुग्ने उद्देश्यले नगद रु २ लाख ८ हजार ६ सय ९१ रुपैँया सहयोग हस्तान्तरण गरेको छ ।

रकम हस्तान्तरण कार्यक्रममा परिवारका अध्यक्ष राजन कडेल, श्रीजन भट्टराई, अनुपमान सैजु, टिकटक परिवारका संरक्षक रारा सैजु, सल्लाहाकार माधव भट्टराई, नेपाली सहयोगी हात, एवम शिशिर नेपाल संस्थाका अध्यक्ष तथा परिवारका सल्लाहकार निखिलेस पुरी लगायत टिकटक मिलिजुली परिवारका पदाधिकारी तथा सकृय सदस्यहरुको सहभागितामा सहयोग रकम हस्तान्तरणा गरिएको हो ।

साथै, टिकटक मिलिजुली परिवारले फाल्गुन २२ गते थानकोटस्थित त्रिभुवन पार्कमा मित्र मिलान तथा बनभोज कार्यक्रमको आयोजना समेत गरेको थियो । उक्त कार्यक्रममा देशैभरी बाट टिकटक मिलिजुली परिवारका सदस्य, ख्यातीप्राप्त कलाकार, टिकटकमा भाइरल व्यक्तिहरू, निलहिरा समाजका प्रतिनिधिहरु, र नेपाल होचा – पुड्का संघका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा टिकटक मिलिजुली परिवारले सवारी दुर्घटनामा परि टाउकोमा गम्भीर चोट लागेर अस्पतालमा उपचारत धादिङका श्रीराम अर्याल र ब्रेन ट्युमर रोगबाट ग्रसित भै हाल अस्पतालमा उपचारत सिन्धुपाल्चोककी लक्ष्मी श्रेष्ठलाई जनही नगद रु ५० हजार ५ सय रुपैयाँ हस्तान्तरण गरिएको छ ।

साथै परिवारले विद्यालय जाने उमेरमा ब्लडक्यान्सर रोग बाट थलिएर  कान्ति बाल अस्पतालमा उपचारत बुटवलकी ९ बर्षिया बालिका मानबी थापालाई उपचारार्थ ५६ हजार ५ सय ७० रुपियाँ मिलिजुली परिवारले अस्पताल पुगि हस्तान्तरण गरेको छ । थापालाई मिलिजुली परिवारसंग सहकार्य गर्दै लाइन्स क्लब अफ बुटवल ‘मनि उजेस’ , लाइन्स क्लब अफ काठमाडौ ‘उदय’ र लाइन्स क्लब अफ बुटवल लुमिनसले सयुक्त रुपमा ९० हजार ५० रुपियाँ सहयोग गरेको छ ।

साथै दुर्घटनामा परि आफ्नो खुट्टा गुमाएर हाल ललितपुरमा उपचारत चितवन भरतपुर निवासी सुदिप थापा मगर (कर्मबोध) लाई उपचारर्थ सहयोग स्वरुप ५१ हजार १ सय २१ रुपियाँ टिकटक मिलिजुली परिवारले अस्पताल पुगि हस्तान्तरण गरेको छ ।

‘सेवा नै धर्म हो’  भन्दै कोरोना माहामारिको बाबाजुद भदौ अन्तिम साता टिकटक लाइभ बाट निर्माण भएको यस मिलिजुली टिकटक परिवारले अफ्ट्यारोमा परेका ब्यक्ति, असहाय ब्याक्ति, बिरामी भइ आर्थिक अभावले उपचार गर्न नपाएर अस्पतालमा छट्पटी रहेका ब्यक्ति र परिवार गुमाएर बृद्वाआश्रम तथा बाल आश्रममा आश्रति रहेका ब्याक्तिहरुलाइ सहयोग गर्दै आएको परिवारका संरक्षक रारा सैजुले बताउनु भयो ।

फ्रस्ट जेनेरेसन कन्सलटेन्सी (बागबजार) ले स्पोनसर  गरेको  कार्यक्रमलाई आमन्त्रित पाहुनाहरुलाइ सम्बोधन गर्दै परिवारका अध्यक्ष राजन कडेलले आगमी दिनमा दिनःदुखीहरु माथी सहयोगका कार्यहरुलाइ अझै फराकिलो पार्दै लैजाने, साथै चाडै नै अर्को बृहत कार्यक्रम गर्ने तयारिमा रहेको र टिकटक मिलिजुली परिवारलाई बिश्वसामु पुर्‍याउन पहल गर्दै लैजाने बताउनु भयो ।

कार्यक्रमको अन्त्यमा श्रीजन भट्टराई (काकु)  अनुपमान सैजु र राजन कडेँलले आमन्त्रित पाहुनाहरुलाइ मायाको चिनो तथा सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE