डा केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक आन्दोलित, आकस्मिक बाहकका सबै सेवा ठप्प
सवाल सम्वाददाता
काठमाडौँ-अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै तीन स्वास्थ्य संस्थाका आवासीय चिकित्सकले आकस्मिक बाहेकका अन्य सेवा ठप्प पारेका छन् ।
आमरण अनशनको १७ दिन बितिसक्दा पनि समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै तीन स्वास्थ्य संस्थाका आवासीय चिकित्सकले सेवा ठप्प पारेका हुन् ।

चिकित्साशास्त्र अध्ययन संस्थान त्रिवि शिक्षण अस्पताल, चिकित्सा विज्ञान प्रतिष्ठान वीरअस्पताल र बीपी कोइराला विज्ञान प्रतिष्ठान धरान सम्बद्ध आवासीय चिकित्सले संयुक्त विज्ञप्ति जारी गर्दै आकस्मिक बाहेक ओपीडी, अपरेशन कक्ष, राउण्ड र इण्डोरसहित सबै सेवा तथा कार्यक्रम बन्द गरेका हुन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE