Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

गुल्मीमा डढेलोमा परेर बालिकाको मृत्यु

२० चैत
काठमाडौँ –
गुल्मीको धुर्कोट गाउँपालिकामा शुक्रबार एक बालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गाउँपालिका–७, वाग्लेकी ९ वर्षीया संगीता परियारको घर नजिकैको धारा खोली बले सल्ला सामुदायिक वनमा लागेको डढेलोमा जलेर मृत्यु भएको हो ।

उनी खोलाबाट नुहाएर आउनेक्रममा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE