एटिएमको ताला फुटाउन खोच्ने प्रहरीको नियन्त्रणमा
काठमाडौँ-राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रीय सचिव राकेशकुमार राईलाई लुट्न खोज्ने एक जनालाई राई स्वयंले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । बुधबार बेलुकी ललितपुर कुमारीपाटीस्थित इन्भेष्टमेन्ट बैंकको एटिएम बुथमा पैसा निकाल्न गएका बेला लुटेरा समूहले राईमाथि आक्रमण गरेको थियो । लुटेरा समूहका एक जनालाई राईले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेर सर्लाही रानीगंजका २८ वर्षीय गोपाल दयाललाई पक्राउ गरेको हो । लुटेरासँग प्रतिकार गर्ने कर्ममा राईलाई खुकुरी प्रहारबाट दायाँ हातमा सामान्य चोट लागेको छ ।
प्रहरीले लुटेराको साथबाट एक थान खुकुरी र खुर्सानीको धुलो एक पोकासमेत बरामद गरेको छ । लुटेरा समूहका अन्य दुई जना फरार रहेको ललितपुर प्रहरीले जनाएको छ । अभियुक्त माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच एटिएमको ताला फोडेर पैसा चोर्न खोज्ने एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । कलंकीस्थित एसबिआई बैंकको एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा बारा कलैया घर भएका हाल ललितपुर सातदोबाटो बस्दै आएका रोहित शर्मालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE