सुदूरपश्चिममा विरासत फर्काउने काँग्रेसको दाउ
काठमाडौँ – प्रजातन्त्रको पुनरोदयपछि कांग्रेसको गढ मानिएको सुदूरपश्चिममा पछिल्ला निर्वाचनमा स्थिति उस्कदै गएका बेला गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनले भने अर्को छाँटकाँट देखाएको छ। कांग्रेसका लागि स्थानीय निर्वाचनले सुदूरपश्चिममा गुमेको विरासत फर्किन सक्ने लक्षण देखिएको हो।
स्थानीय निर्वाचनमा सुदूरपश्चिमका नौ जिल्लामध्ये बाजुराबाहेकमा जिल्ला समन्वय समितिको नेतृत्व हात पार्न कांग्रेस सफल भएको छ। कांग्रेसले सुदूपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ४० वटामा नेतृत्व (मेयररअध्यक्ष) जितेको छ। यस्तै नेकपा एमालेले २६, नेकपा माओवादी केन्द्रले १४, नागरिक उन्मुक्ति पार्टीले ४, नेकपा एकीकृत समाजवादी ९नेकपा एस० ले २ र स्वतन्त्र उम्मेदवारले २ स्थानीय तहमा नेतृत्व पाएका छन्।
स्थानीय तहका ७ सय ३४ वडामध्ये कांग्रेसले ३ सय १३ वडामा अध्यक्ष जितेको छ। एमालेले २ सय ४६, माओवादी केन्द्रले १ सय १, नेकपा एसले २८, नागरिक उन्मुक्ति पार्टीले १४, राप्रपाले ५ र स्वतन्त्र उम्मेदवारले २३ वडामा अध्यक्ष जितेका छन्। वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये ९ वटामा कांग्रेस अगाडि छ।
बाँकी ७ मध्ये ६ वटामा एमाले र१ वटामा नागरिक उन्मुक्ति पार्टी अघि छन् । ७ वटा निर्वाचन क्षेत्रमा कांग्रेस दोस्रो बनेको छ। प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा कांग्रेसकै अग्रता छ। यो समाचार नागरिक दैनिकमा छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE