Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

थपिए २६२२ नयाँ संक्रमित, थप २३ को मृत्यु

थपिए २६२२ नयाँ संक्रमित, थप २३ को मृत्यु

२१ असार, काठमाडौं– पछिल्लो २४ घण्टामा थप नेपालमा थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिमार्फत परीक्षण गर्दा कुल २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना १ हजार २११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ६ लाख ४६ हजार ३६७ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये ६ लाख ११ हजार ४२९ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार २४८ जनाको मृत्यु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE