Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

हायस र मोटरसाइकल ठोक्किँदा दुई जना मृत्यु

२३ फागुन
काठमाडौँ –
   पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ र ७ को सिमानामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । हायस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

काठमाडौंबाट यात्रु लिएर झापाको बिर्तामोडतिर जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस र विपरीत दिशा (पूर्वबाट पश्चिमतर्फ) बाट आउँदै गरेको प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE