Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

वामदेवलाई माथिल्लो सदनको लागि सिफारिस, कुलमानको विषयमा निर्णय भएन

काठमाडौँ – आज बसेको मन्त्रिपरिषद् बैठकले वामदेव गौतम माथिल्लो सदनको सदस्यमा मनोनयनका लागि रास्ट्रपति समक्ष सिफारिस गरेको छ । एक मन्त्रीका अनुसार आजको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले पुनर्नियुक्त गर्ने चर्चा चले पनि सोमबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेन । बैठकमा कुलमान सम्बन्धि प्रस्ताव नै आएको छैन एक मन्त्रीले भने ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले पुनर्नियुक्त गर्ने चर्चा चलेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE