Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

प्रधानमन्त्री ओली पनि टिकटकमा, कस्ले चलाउछ टिकटक एकाउन्ट !

१५ मंसिर
काठमाडौं –
सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ओलीले पनि टिकटक एकाउन्ट खोल्नुभएको छ ।

उहाँले आइतबार ‘केपी शर्मा ओली अफिसियल’ नामक टिकटक एकाउन्ट खोल्नुभएको हो । उहाँको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ ।

ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकाउन्ट बनाउनेबारे छलफल भएको बताउनुभयो । ‘टिकटकमा पनि एकाउन्ट खोल्ने कुरा भएको थियो, तर यसबारेमा मलाई विस्तृत जानकारी भएन, प्राविधिक सल्लाहकारहरुलाई थाहा हुनुपर्छ,’ थापाले भन्नुभयो ।

प्रम ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ । यो समाचार तयार पारिसक्दासम्म उक्त भिडियोको भ्युज १ लाख ४५ हजार बढी पुगिसकेको छ । २ सय ३९ कमेन्ट, र १२ सय बढी लाइक र २ सय बढी सेयर पुगिसकेको छ ।

‘मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्‍व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मूख्य आधार बनाउने गरी काम अघि बढाएको छ’, पहिलो टिकटक भिडियो सन्देशमा भनिएको छ।

https://www.tiktok.com/@kpsharmaoli_official/video/6900199854916603137?referer_url=https%3A%2F%2Fwww.news24nepal.tv%2F&referer_video_id=6900199854916603137

WRITE COMMENTS FOR THIS ARTICLE