Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

उपप्रमुखको गाडीले कोरोना नभएका बिरामी बोक्ने

२४ बैशाख, काठमाडौँ- नगर उपप्रमुखको गाडीले कोरोना नभएका बिरामी बोक्ने भएको छ । टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डङ्गोलको देशभर कोरोना सङ्क्रमित बिरामी बढेसँगै सरकारले निषेधाज्ञा जारी गरेपछि अस्पताल जान गाह्रो भएका बिरामी बोक्नका अफ्नो गाडी प्रयोग गरिने जनाकारी दिनुभयो ।

नगर उपप्रमुख डङ्गोलले डाइलोसिस, डेलिभरीलगायतका अत्यावश्यक बिरामीलाई घरबाट अस्पताल लैजान तथा अस्पतालबाट घर ल्याउनका लागि आफ्नो गाडीको प्रयोग गरिने बताउनुभयो । उहाँले अहिलेको यो अवस्थामा एम्बुलेन्स पनि पर्याप्त नभएको अवस्थामा त्यस्ता अत्यावश्यक बिरामीलाई आफुले सेवा दिने जानकारी दिनुभयो ।

पालिकाले कोराना लागेकालाई एउटा र कोरोन नलागेकालाई एउटा दुईवटा छुटाछुटै गाडिको व्यवस्था गर्ने योजना हुँदाहुँदै सम्भव नभएकाले आफ्नो गाडि प्रयोग गरेर भएपनि केही राहत दिने जानकारी दिनुभयो । “कोरोना महामारी र विपद्को समयमा जनताको सेवा गर्नु जनप्रतिनिधिको मुख्य धर्म हो, म आफू गाडी प्रयोग नगरी बिरामीको सेवाका लागि आजैदेखि दिन्छु”, उहाँले भन्नुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE