नेपालको हितमा भए मात्र एमसीसी स्वीकार गर्न सकिन्छ : अध्यक्ष नेपाल
२६ भदौ, नेपालगन्ज-एकीकृत समाजवादी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संशोधनसहित नेपालको हितमा भए मात्र एमसीसी स्वीकार गर्न सकिने बताएका छन् । सैन्य गतिविधिबारे प्रष्ट पारे मात्र एमसीसीमा छलफल गर्न सकिने उनको भनाइ छ।
युवा संघको लुम्विनी प्रदेश भेलालाई नेपालगञ्न्जमा सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको हित विपरीत हुने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताए। एमसीसीमा भएका बुँदाहरू प्रष्ट हुनुपर्छ । मैले परियोजनाकी उपाध्यक्ष फातिमा सुमारलाई पनि त्यही सुझाव दिएको छु । नेपालको स्वाभिमान कायम हुने गरी जवाफ आए मात्र त्यस विषयमा छलफल गर्न सकिन्छु, नेपालले भने ।
नेपालले एमालेमा कम्युनिस्टको गुण नरहेको समेत टिप्पणी गरेका छन् । उनले एमालेलाई केपी ओलीले निजी कम्पनी जस्तो बनाएकाले बाध्य भएर आफूले विभाजनको बाटो रोज्नु परेको बताए। एकीकृत समाजवादीको गठनले एमालेमा नयाँ तरंग पैदा भएको उनको दाबी छ । एमालेले प्रतिनिधि सभामा गरेको हर्कत गलत छ । संवैधानिक अंग र सभामुखको मानर्दन गर्ने कार्य निन्दनीय छ । यसले ओलीलाई पतनको बाटोमा लग्ने छु, नेता नेपालले भने ।
आफूहरू माओवादीमा विलय हुने भन्ने हल्ला भ्रम मात्रै भएको उनले बताए। आगामी निर्वाचनमा गठबन्धन भने गरेर अगाडि बढ्ने उनले बताए।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE