Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

एमसीसीमा कसरी थपियो अनुमोदनको प्रावधान

हस्ताक्षर गर्दा नै संसदीय अनुमोदनको प्रावधान राख्न अमेरिकी जोडबल थियो तर नेपाली अधिकारी सहमत भएनन्, पछि राजनीतिक कारणले संसद् पुग्यो सम्झौता

२९ माघ, काठमाडौँ — साढे चार वर्षअघि २०७४ भदौ चौथो साता, तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा वासिङ्टन डीसी पुगेको नेपाली टोली अमेरिकी अधिकारीहरूसँग लगातार वार्तामा थियो । अमेरिकी सहयोग नियोग एमसीसीसँग सम्झौता गर्न सम्पूर्ण तयारी भएको थियो, तर तीन दिनसम्म वार्ता लम्बिँदा पनि एउटा विषयमा सहमति हुन सकेको थिएन । अमेरिकी अधिकारीहरू सम्झौता नेपालको संसद्बाट पारित गर्ने प्रावधान राख्न चाहन्थे, नेपाली अधिकारीहरू यसका लागि तयार थिएनन् ।

‘दर्जन देशबाट हरेक वर्ष दर्जनौं परियोजनामा अनुदान आउने गरेकाले यो सम्झौतालाई मात्र किन संसद्बाट पारित गर्नुपर्‍यो रु’ नेपाली अधिकारीहरूको प्रश्न थियो । लामो माथापच्चीपछि संसद्बाट अनुमोदन गर्ने प्रावधानबिना नै सम्झौता गर्न अमेरिका तयार भयो, २९ भदौमा हस्ताक्षर भयो ।

ऊर्जा र सडक पूर्वाधारमा ५०० मिलियन अमेरिकी डलर ९करिब ५५ अर्ब रुपैयाँ० को अनुदान सम्झौतामा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री कार्की र एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासको हस्ताक्षर छ । हस्ताक्षरअघि भएको वार्तामा नेपाली टोलीको संयोजन अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका तत्कालीन प्रमुख वैकुण्ठ अर्यालले गरेका थिए । टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौला र सहसचिव चन्द्रनारायण यादव, कानुन मन्त्रालयका सहसचिवद्वय उदयराज सापकोटा र रमेश ढकाल, महालेखा नियन्त्रक कार्यालयका सहसचिव जगनाथ देवकोटा, अर्थ मन्त्रालयका उपसचिव रामप्रसाद मैनाली, ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे र परराष्ट्र मन्त्रालयका उपसचिव जीवनप्रकाश श्रेष्ठ थिए । यो समचार कान्तिपूर दैनिकामा छापिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE