Date
शुक्र, असार ४, २०७८
Fri, June 18, 2021

सुनको थालीमाथी बसेर भिख मागिरहेको देश

सबैले आफू सङ्ग जे छ सोही चिज बेच्ने हो, हामी सङ्ग पानी, ढुङ्गा, चुनढुङ्गा, खरीढुङ्गा, विभिन्न प्रकारका पथ्थर, युरेनियम, अनेकौँ जडिबुटीहरु प्रसस्त छन् ।

नेपाल ले आर्थिक वर्ष ०७६/७७ मा फलाम झन्डै ५२ अर्बको, कोइला करिब १५अर्ब, सिमेन्ट ३ अर्ब बराबरको अनि पेट्रोलियम पदार्थ १ खर्ब ४७ अर्ब भन्दा बढी, सुन करिब १४ अर्बको अझ उदेकलाग्दो कुरा पानी झन्डै २२ करोडको अनि माटो ३० करोड भन्दा बढीको आयात भएको थियो । यी आयात भएका वस्तुहरु सबै खानी बाट उत्खनन गरेर निकालिएका हुन । यी वस्तुहरु उत्खनन् गर्दा खानी भएको ठाउँहरुमा कति वातावरण प्रदूषण भयो होला ।

अमेरिका, रुस, चीन, भारत, खाडीमुलुकहरु खानीजन्य बस्तुहरु उत्खनन गरि आफ्नो देशमा खपत भएर बढी भएका वस्तुहरु अन्य देशमा निर्यात गरि बिदेशी मुद्रा आर्जन गर्छन् । निर्यातीत वस्तुबाट आएको आम्दानी ले विकासको चरम सिमामा पुगिसके ।

उत्पादन दुई तरिकाबाट हुन्छ, पहिलो पृथ्वी को गर्भमा रहेको वस्तुलाई उत्खनन गरेर, दोस्रो पृथ्वी को सतहमा मल, जल, हावाको मात्रा मिलाइ कुनै वस्तु उमारी त्यस लाई प्रसोधन गरेर । तर हाम्रो देशमा हजारौं मेगावाट बिजुली उत्पादन गर्न सक्ने खोलानाला छन् । दक्षिण एसियालाई हजारौँ वर्ष पुग्ने नेपालका ३२ जिल्लामा अरबौँ टन चुनढुङा छन । नेपालका हरेक पहाड मा उच्चकोटीका ढुङ्गाहरु प्रसस्त मात्रामा पाइन्छन् । जो निर्माण कार्य को लागि चाहिने कच्चापदार्थ हुन । वातावरणलाई नबिगारी व्यवस्थित उत्खनन गर्दै देशमा खपत गरि बढी भएको विद्युत, ढुङ्गा, गिट्टी जस्ता वस्तुहरु विदेश निर्यात गर्नु पर्छ ।

आज बङ्गलादेस तथा खाडिमुलुकहरु भारत, पाकिस्तान र अफ्रिकी मुलुकबाट ढुङ्गा, गिट्टीहरुआयात गरिरहेका छन । भारतमा पनि विकाश निर्माणका कार्यहरु द्रूत गतिमा भइरहेका छन । उसलाइ पनि ढुङ्गा, गिट्टी प्रसस्त चाहिन्छ । जहाँ प्रसस्त मात्रामा यस्ता वस्तुहरु उपलब्ध छैनन् र विकास निर्माणका कामहरु भईरहेका छन् त्यस्ता देशहरुमा हाम्रा वस्तुहरु निर्यात गरि विदेशी मुद्रा भित्र्याउनु पर्द्छ । सबैले आफू सङ्ग जे छ सोही चिज बेच्ने हो, हामी सङ्ग पानी, ढुङ्गा, चुनढुङ्गा, खरीढुङ्गा, विभिन्न प्रकारका पथ्थर, युरेनियम, अनेकौँ जडिबुटीहरु प्रसस्त छन् । हामिले सो बस्तुहरुको समुचित प्रयोग गरि अन्य मुलुकमा निर्यात गरि विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । अनि सोही रकमबाट देशको विकाश गरि देशलाई समृद्ध बनाउन सकिन्छ ।

सायद यी कुराहरुलाई नै मध्यनजर गरि सरकारले यस वर्षको बजेटमा ढुङ्गा गिट्टी निर्यात गर्ने नीति ल्याएको हुनु पर्छ । यद्यपी देशको ढुकुटी नै रित्तिने गरि उत्खनन् गर्ने चलन त छ, त्यसलाई नीतिगत सुधार गरि उत्खनन् र प्रशोधन गर्न भने सरकार चनाखो हुनुपर्ने देखीन्छ । तर देशका प्रमुख दलहरु तथा केही ठुला नेतृत्वहरु नै यो नीतिको बिरोध गर्दै यसलाइ राजनैतिक रङ्ग दिन खोज्दैछ्न । यो बिडम्बना हो ।

यस्तै राजनीतिका कारण देश आर्थिक रुपमा धरासायि भइरहेको हो । नेताहरुको यस्तै चरित्रले गर्दा जनता हरु दिनप्रतिदिन कङ्गाल हुने अवस्थामा पुगिसकेको छ । त्यसैले यस्तो विषयमा दलका नेताहरुले विज्ञहरुसँग परामर्श गरेर मात्र आफ्नो धारणा राखुँन । ता की भोलि हाँस्यका पात्र बन्नु नपरोस् । खाली विरोधका लागि विरोध मात्र गरेर देशलाई तन्नम राष्ट्र नबनाऔँ । हाम्रो देशमा अथाह प्रकृतीले दिएका वस्तुहरु छन् । ती वस्तु हरुको सहि सदुपयोग गर्दै देश लाई सम्बृद्ध राष्ट्र बनाऔँ । सुनको थाल माथि बसेर भिख माग्ने काम नगरौँ ।

प्रमोद लामिछाने
केन्द्रीय सदस्य, नेपाल निर्माण व्यवसायी महासंघ

WRITE COMMENTS FOR THIS ARTICLE