Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

विप्लवले भने “सुरक्षा निकायलाई जिस्क्याउने योजना छैन”

सोलुखुम्बुमा नेकपा कार्यकर्ताले प्रहरी चौकीमा आक्रमण गरेको भन्ने समाचारको खण्डन

सावल सम्वाददाता
बाग्मती – नेत्र विक्रम चन्द विप्लव नेतृत्वले आइतबार राती सोलुखुम्बुमा आक्रमणको प्रयास गरेको भन्ने समाचारप्रति विप्लव नेतृत्वको नेकपाको ध्यानाकर्षण भएको बताएको छ ।  प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले  सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको भन्दै सोलुखुम्बुमा नेकपा कार्यकर्ताले प्रहरी चौकीमा आक्रमण गरेको भ्रामक समाचार बाहिरिएको भन्दै विज्ञेप्ती निकालेको हो ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आइतबार राति सोलुखुम्बुमा नेकपा कार्यकर्ताले प्रहरी चौकीमा आक्रमण गरेको भन्ने समाचारको खण्डन गर्नुभएको छ । सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरीचौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी हो विज्ञेप्तीमा उल्लेख गरिएको छ ।

सुरक्षा निकायमाथि आक्रमण गर्ने हाम्रो पार्टीको  नीति छैन, पूर्वी नेपालमा दमन गर्ने सरकारी षडयन्त्र अनुरुप त्यसप्रकारको समाचार (फेक न्युज) प्रचारमा ल्याइएको स्पष्ट पार्न चाहान्छौ । प्रवक्ता प्रकाण्डद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रवक्ता प्रकाण्डले सामाजिक दलाल सरकारले आफ्नो पार्टीमाथि दमन गर्ने उद्देश्यले सोलुखुम्बुमा आफ्नो पार्टीद्धारा प्रहरी चौकी आक्रमण गर्ने प्रचारबाजी गरेको भन्दै उक्त षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताउनु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE