Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

हराएको सवारी चालक अनुमतिपत्र अब अनलाईन फारम भरेर लिन सकिने

५ असोज
काठमाडौं – हराएका सवारी चालक अनुमतिपत्र लाइसेन्स अब अनलाईन फारम भरेर लिन सकिने भएको छ । प्रवित्रिमैत्रि बनाउदै लौजाने उदेश्यले हराएको सवारी चालक अनुमति पत्र अनलाइन आवेदनका आधारमा दिने व्यवस्था मिलाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अनलाइन फाराम भरेर सेवाग्रहीले चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी इजाजत पत्रको सिफारिस लिन लिनसक्ने व्यवस्था मिलाइएको छ । हाल दैनिक २ सयभन्दा बढिले आवेदन दिइरहेको ट्राफिक प्रहरी महाशाखाले जानएको छ ।

फारम भर्नका लागि ट्राफिक डट नेपाल पुलिस डट जीओभी एनपीमा गएर तोकिएको निर्देशन अनुसार फारम भर्नसकिनेछ । सिफारिस लिन अनलाइन सिफारिस फारामका लागि वेबसाइटमा रहेको लस्ट डकुमेन्ट एप्लिकेसनमा गएर फाराम भर्न सकिने व्यवस्था छ ।

WRITE COMMENTS FOR THIS ARTICLE