Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

संक्रमितको संख्या बढ्न थालेपछि पोखराका अधिकांश वडा कार्यालय सिल

२१ कात्तिक
काठमाडौँ
कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि पोखरा महानगरका वडा कार्यालयहरू धमाधम बन्द हुन थालेका छन् । वडा कार्यालय बन्द भएपछि सेवा प्रवाह प्रभावित भएको छ ।

हाल १, २, १३ र २५ नम्बर कार्यालय पूर्ण रुपमा ठप्प छन् । संक्रमण बढ्ने खतरा देखेपछि सूचना टाँसेरै अनिश्चितकालका लागि सेवा बन्दको घोषणा गरिएको हो ।

यी वडाका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ‘कर्मचारीबाटै समुदायमा कोरोना फैलिने डर भयो’, वडा १ की अध्यक्ष शारदा पराजुलीले भनिन्, ‘केही समयका लागि कार्यालयको सेवा बन्द गरेका हौं ।’

वडाहरूले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेका छन् । पोखराको २७ वडा पनि कर्मचारीमै कोरोना देखिएपछि बन्द थियो । अहिले यहाँको सेवा सुरु भएको छ । पोखरा महानगरले समेत २९ असोजदेखि १३ कात्तिकसम्म पूर्ण सेवा बन्द गरेको थियो । महानगरका ३० भन्दा बढी कर्मचारीलाई कोरोना पुष्टि भएको थियो । अहिले पोखरामा कोरोना संक्रणको दर ह्वात्तै बढेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE