नार्कोटिक्स दीपिकाले भनिन् : ‘माल’ भनेको ड्रग्स होइन ‘सिगरेट’ हो
१३ असाेज
काठमाडौं – अभिनेता सुशान्तको आत्महत्या प्रकरणमा सार्वजनिक भएको ड्रग्स केसमा अभिनेत्री दीपिका पादुकोण पनि परेकी छन् ।
नार्कोटिक्स विभागको सोधपुछमा उनले च्याट गरेको स्वीकार गरेकी छन् । तर, आफूले च्याटमा ‘माल’ भनेको ड्रग्स नभएर ‘सिगरेट’ भएको बताएकी छन् ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार नार्केटिक्स विभागसँगको बयानमा दीपिकाले माल भनेको सिगरेट भएको बताएकी छन् ।
विभागका अधिकारीहरुले उनीसँग २०१७ को च्याटका विषयमा प्रश्न गरेका थिए ।
उनीहरुले माल भनेको के हो भनेर सोधेपछि दीपिकाले यस्तो जवाफ दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE