Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं – अर्बपति व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।

कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ ‘आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो, मलाई कोरोना पोजेटिभ देखियो । तर मलाइ कुनै पनि लक्षण छैन ।’

डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE