Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

अर्थमन्त्रालयको असक्षमता लुकाउन ‘एम अधिकारी’ प्रकरण ल्याइयो : एमाले

२९ असार, काठमाडौँ – नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले ुएम अधिकारीु प्रकरणलाई अर्थमन्त्रालयको असक्षमता लुकाउन सत्तारूढ पक्षले नै उचालेको आरोप लगाएका छन् ।

बुधवार प्रतिनिधि सभामा बोल्दै उनले भने, ुसत्तापक्षका सांसदहरूले गभर्नर महाप्रसाद अधिकारी एमालेको अर्थ विभागको सदस्य भएको भन्दै अर्थमन्त्रालयको असक्षमता लुकाउन विषयान्तर गरेको देख्दा मलाई दया भाव लागिरहेको छ ।ु

उनले गभर्नर महाप्रसाद अधिकारी स्वयंले आफू कुनै पार्टीको सदस्य नरहेको भनिसकेपछि यो विषयलाई उचाल्न आवश्यक नरहेको बताए ।

उनले भने, ुअर्बौं रुपैयाँलाई वैध बनाउन गठबन्धन सरकारले दिएको आदेश नमान्दा नेपाल श्रीलंका हुने रहेछ भन्ने बुझाइ सत्तापक्षका माननीयको हो भने, त्यस्तो बुझाइप्रति हाम्रो दया भाव भन्दा अरू जाग्दैन

WRITE COMMENTS FOR THIS ARTICLE