सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा रोक
श्रावण २१,
काठमाडौँ-कोरोना भाइरस संक्रमण हुने खतरा भएको भन्दै सर्वसाधारणलाई मुलुकको प्रशासनिक केन्द्र रहेको सिंहदरबार प्रवेशमा रोक लागाएको छ । सर्वसाधारणलाई सिंहदरबार प्रवेश गर्न वितरण गरिने पास रोकिएको गृहमन्त्रालयले जनाएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको खतरालाई मध्यनजर गरेर सिंहदरबारमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले सर्वसाधारणलाई सिंहदरबार प्रवेशका लागि जारी गरिने पास तत्कालका लागि रोकिएको बताउनुभयो ।
भेटघाट र भीडभाड व्यवस्थित गरिएको छ । कोरोना भाइरसबाट बच्नका लागि सुरक्षा सावधानीका लागि यो निर्णय लिइएको हो,’ अधिकारीले भन्नुभयो । सरकारी कर्मचारी र अत्यावश्यक सरकारी काम लिएर आउनेलाई मात्रै सिंहदरबार प्रवेश दिइन लागिएको मन्त्रालयले जनाएको छ । कामका लागि सिंहदरबारमा आउने सर्वसाधारण अहिले सिंहदरबारको प्रवेश गर्ने ढोका बाहिर छन् । उनीहरूको लामो लाइन लागेको छ । उनीहरूलाई प्रहरीले भित्र जानबाट रोकेको छ । त्यस्तै, सिंहदरबार प्रवेश गर्न भनेर आएका सवारी साधनको लामो लाइन लागेको छ । माइतीघर र अनामनगरतिर सिंहदरबार प्रवेश गर्ने सवारी साधनको लामो लाइन लागेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE