पहिरोमा परी दार्चुलामा तीन जनाको मृत्यु
पहिरोमा परी दार्चुलामा तीन जनाको मृत्यु
२४ असार, काठमाडौं– अविरल वर्षासँगै आएको पहिरोमा परी दार्चुलामा तीन जनाको मृत्यु भएको छ ।
पहिरोले दार्चुला नौगाढ गाउँपालिका–३ मा रहको घर पुरिदाँ दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी तीन महिनाकी नातिनी मन्जरी ठगुन्नाको रहेका छन्।
यस्तै, पहिरोमा परेर स्थानीय २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको छ ।
लगातारको वर्षासँगैको बाढीले नौगाढ गाउँपालिका–३ को ३२ किलोवाट क्षमताको खारखोला दोस्रो जलविद्युत आयोजना पनि बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी मनोहर भट्टले बताए ।
बाढीले खार र जामिर जोड्ने झोलंगे पुल, तीनवटा निर्माणाधीन पुलसमेत बगाएको प्रहरीले बताएको छ । प्रहरीले घटनास्थलमा प्रहरी पुग्न लागेको र थप विवरण पछि आउने बताएको छ ।
घटनास्थलमा पुग्न सदरमुकामबाट करिब आठ घण्टा लाग्छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE