Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

जन्मदिनको अवसरमा ३५ विपन्न परिवारलाई खाद्यान्न सहयोग

जन्मदिनको अवसरमा ३५ विपन्न परिवारलाई खाद्यान्न सहयोग

१८ असार, काठमाडौं– नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले कोभिडका कारण समस्यामा परेका धादिङका ३५ परिवारलाई खाधान्य सहयोग गरेका छन् ।

बिहिबार धादिङको बेनीघाट रोराङ गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रमा ३५ परिवारलाई एक महिना पुग्ने खाधान्य गाउँपालिकाका उपाध्यक्ष देबि प्रसाद सिलवाललाई हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष ढकालले आफ्नो जन्मोत्सवका अवसर पारेर धादिङ जिल्लाका चेपाङ तथा विपन्न परिवारलाई खाद्यान्न दिने गरी सरकारले अप्नाएको एकद्धार प्रणाली अन्तर्गत खाद्यान्न वितरण गरेका हुन्। चेपाङ समुदायका खाद्यान्न समस्या रहेको जानकारी पाएपछि सहयोग गर्न आएको उनले बताए।

जन्मोत्सवमा गरिने खर्च कटौती गरि विपन्न चेपाङ परिवारका खाधान्य सहयोग सवैका लागि अनुकरणीय हुने सहयोगका क्रममा बोल्ने वक्ताहरुले बताएका थिए । सहयोगी भावना भएका ब्यत्तित्वहरुबाट सदैव साथ चाहेको उनीहरुले बताएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE