बतासले भन्यो – ‘सबै क्षतिपूर्ति सरकारले दिओस्’
२८ पुष, काठमाडौं – बतास अर्गनाइजेशनले आफूसँगको सम्झौता रद्द गर्न सरकार स्वतन्त्र रहेको बताएको छ ।
ठूला योजनाको काम गरिरहेको बतासले पछिल्लो समय आलोचना खेपीरहेको अवस्थामा उसले एक विज्ञप्ति जारी गर्दै सरकार आफूसँग कानुनी रुपमा गरेका सम्झैताहरु रद्द गर्न स्वतन्त्र रहेको बताएको छ ।
तर सम्झैता रद्द गर्दा आफ्नो लगानी र त्यसका उचित क्षतिपूर्ति दिनुपर्ने बताएको छ । यदी सम्पूर्ण क्षतिपूर्ति दिएर आजकै मितिबाट सरकारले सम्झैता रद्द गर्छ भने आफूहरुलाई कुनै आपत्ति नहुने बतासले बिज्ञप्तिमा जनाएको छ ।
‘बतास अर्गनाइजेसनले कानुनसम्मत रूपमा भाडामा लिएर सञ्चालन गरेका सम्पूर्ण व्यावसायिक सम्झौताहरू कानुनबमोजिम रद्द गर्न नेपाल सरकार स्वतन्त्र छ’, विज्ञप्तिमा लेखिएको छ, ‘त्यसैले बतास अर्गनाइजेसनले गरेको लगानी र त्यसको उचित क्षतिपूर्तिसहित आजकै मितिमा यदि सरकारले सम्पूर्ण सम्झौताहरू एकमुष्ठ खारेज गर्छ भने पनि हामीलाई कुनै आपत्ति छैन,’ बिज्ञप्तिमा भनिएको छ ।
बतास अर्गनाइजेशन इमान्दारीता, नैतिकता र आचरणमा सम्झौता नगर्ने संस्था भएको पनि दावी गरिएको छ । बिज्ञप्तिमा बचनमा पक्क हाम्रो प्रतिबद्धता रहेको भन्दै उसले जे भन्ने सत्य भन्ने र जे गरेको हो त्यो स्वीकार गर्ने संस्था बतास अर्गनाइजेशन भएको भनिएको छ ।
विभिन्न समाचार माध्यमहरुमा प्रकाशित प्रसारित समाचारहरु अनर्गन, आफूहरुलाई खल पात्रका रुपमा प्रमाण्ति गराउन आएको भन्दै त्यसप्रति आपत्तिसमेत जनाइएको छ ।
आम नेपाली नागरिकहरुले गलत समाचार प्राप्त गरेको भन्दै बतासले दुख अनुभूत भइरहेकोसमेत बताएको छ । समाचार प्रकाशन प्रसारण गर्नुअघि कुनैपनि समाचार माध्यमहरुले आफूहरुसँग उक्त विषयमा सोधखोजन नगरीकन एकतर्फी समाचर लेखिएको भन्दै बतासले असन्तुष्टिसमेत जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE