नेपल आज चाइनिज ताईपेईसँग भिड्दै
नेपल आज चाइनिज ताईपेईसँग भिड्दै
२० जेठ, काठमाडौं– नेपालले बिहिबार चाईनिज ताईपेइसँग सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत प्रतिस्पर्धा गर्दैछ ।
एसिया कपको छनोट खेल्ने जित्नै पर्ने दबाबमा सम्भावनालाई बलियो बनाउन नेपाललाई जितको दबाब छ । पछिल्ला दुई खेलमा प्राप्त जितले समेत नेपाली जित्नैपर्ने दबाबमा रहेको छ ।
प्रशिक्षक र खेलाडी समेत ताईपेविरुद्धको खेल महत्वपुर्ण रहेको मान्छन् । कुवेत भ्रमणमा शानदार सुरुवात सहित नेपाली टिम विश्वकप छनोटका बाँकी खेल अघि बढाउन चाहन्छ ।
नेपालले पहिलो लेगको खेल ताईपेमा खेलेको थियो । अन्जन विष्टको दुई खेलमा नेपालले घरेलु टोलीमाथि २–० को शानदार जित निकालेको थियो ।
यद्यपि अहिले दुवै देशको टिममा व्यापक परिवर्तन भएको देखिन्छ ।
नेपाली टिमले केही खेलाडीलाई राष्ट्रिय टिममा पुनरागमन गर्दै ६ नयाँ अनुहारलाई समेटेको छ ।
दुवै देशका प्रशिक्षकले कुवेतको मौसमका कारण भने खेल कठिन हुन सक्ने बताउँदै आएका छन् ।
खेल नेपाली समयअनुसार राती ९ बजेर ४५ मिनेटबाट सुरु हुनेछ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE