थपिए २५६८ नयाँ संक्रमित, थप १८ को मृत्यु
थपिए २५६८ नयाँ संक्रमित, थप १८ को मृत्यु
१७ साउन, काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४०२ पीसीआर परीक्षणमा १ हजार ९८१ र ४ हजार २३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २ हवार ५६८ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा नेपालका १८ जनाको मृत्यु भएको छ भने २ हजार २० जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ जना रहेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE