प्रभावहीन बन्दै संसद्
६ जेठ, काठमाडौँ – संसदभित्र र संसदबाहिर हुने गतिविधिले अहिले संसदीय व्यवस्था ओझेलमा परेको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभा नामक दुई सदनका अधिवेशन नै राम्रोसँग सञ्चालन नहुनुले संसद्ले गर्नुपर्ने महत्वपूर्ण काम गर्न सकेको छैन। जसबाट मुलुकलाई यथास्थितिमा राख्ने काम गरेको कांग्रेस नेताहरू बताउँछन्।
सत्ता नेतृत्व गरेका पात्रको प्रवृत्ति अनेक हुन्छ तर त्यसलाई ‘साइज’मा ल्याएर सन्तुलित बनाउने काम संसदीय प्रणालीमा संसद्ले गर्नुपर्छ भन्ने मान्यता संसदीय व्यवस्थामा हुने विश्लेषकको टिप्पणी छ। संसद् नभएको बेलामा मुलुकको हितका लागि गर्नुपर्ने महत्वपूर्ण काम अध्यादेश ल्याएर गर्नुपर्ने हुन्छ। तर अध्यादेश ल्याउने नाममा विकृतिको सुरुआत भइरहेको सरकारी स्रोत बताउँछ। संसद्लाई छल्ने, भंग गर्ने, बिजनेस नदिने प्रवृत्तिले मुलुकले सही दिशा लिन नसक्ने देखिन्छ। संविधानतः राज्यको सबैभन्दा महत्वपूर्ण निकाय व्यवस्थापिका हो। प्रजातान्त्रिक व्यवस्थामा सबैभन्दा सरल र वैधानिक प्रक्रिया पनि यसलाई मानिएको छ।
व्यवस्थापिकाले सम्प्रभुता आफूमा निहित गरी कानुन निर्माण गर्दछ। त्यसैले नै व्यवस्थापिकाले जनभावनाको प्रतिनिधित्व गर्दछ भनिन्छ। ओली सरकारले अध्यादेशमार्फत ल्याएका कतिपय कानुन संसद्को हिउँदे अधिवेशनमा पेस हुन सकेनन्। संसद् बसेको ६० दिनसम्म अध्यादेश निष्क्रिय नहुने भएकाले संसद्को बर्खे अधिवेशन बोलाएर पेस गर्न सकिने भए पनि अधिवेशन बोलाउने काम नभई पुनः उनी अध्यादेशमार्फत आएका छन्।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE