Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

कर्तव्य र प्रेमको बिचमा म

समय पनि कति गतिशिल छ है । दिन महिना र वर्ष वितेको पत्तो नै हुदैन । बाल्यकाल,युवा, बयस्क र बृद्ध हुदैँ बित्ने समय कति छिटै बित्छ अत्तो पत्तो हुदैन । बाल्यकालको मनोरम समय र त्यतिबेलाको दृश्य स्पर्श गर्दा पनि छुटै मज्जा आएको महशुस गर्छु । यो शहरको काला बादलहरुको बिचमा कहिले काही मन पनि कालो बादलले ढाक्छ र म त्यही बाल्यकालमा फर्किने निरर्थक प्रयास गर्छु । लामो श्वास लिएर चियाको कपलाई तान्दै उनले भनिन । कालो पाईन्ट, आकाशे कलरको सर्टममा सजिएर आएकी मुना धेरै उदास देखिएकी थिई । उनी सँग भएको फोन वार्तामा उनले म सँग गर्ने कुराको पोको छ अलि धेरै समय निकालेर आउनु भनेकी थिई । म पनि त्यति सहज मान्छे कहाँ हु र देशको मुटु राजधानीमा बसोबास गर्ने हामी जस्ता धेरै युवाहरुको समस्या नै यहि होला सायद । सामान्य नोकरी पेशामा आफ्नो समयलाई खर्चियको म पनि उनी भन्दा बढी अस्त व्यस्त नै थिए ।

धेरै समयको पर्खाइ पछि भएको त्यो हाम्रो भेटमा उनि निक्कै नै हतास देखिन्थीन मानौँ कि उ सँग कुराको पोको धेरै छ र समय कम, उनले गफलाई अगाडी बढाउदै भनिन, हामी केटी मान्छेमा कत्ति धेरै कर्तव्य बोध हुन्छ है । समय सँगै कर्तव्य पनि बढ्दै जाने मलाई त वाक्क लाग्न पो थाल्यो उनको दिकदारीको भान अनुहारमा स्पट पढ्न सकिन्थ्यो । यस्तो देखिन्थ्यो मानौँ कि उनीमा कर्तव्यको पहाड नै आएर छोपेको छ र त्यसको भारी बिसाउने चौतारी कतै पाएकी छैनन् । उनको अनुहार हेर्दा लाग्थ्यो की उनी अब सदा सदाका लागि त्यो कर्तव्यको बोझबाट निस्कन नै सक्दिन् । हुन पनि मानव जन्म देखी मृत्यु पर्यान्त कहिले चै कर्तव्यबाट बच्न सक्छ र । समयले मान्छेलाई बाल्यकालदेखी नै विभिन्न किसिमको कर्तव्यको बोझ बोकाएर पठाएको हुन्छ ।

उनी पनि त्यस्तै मानव नै त परी आखिरमा उनलाई कुरो अगाडी बढाउन सहज होस् भनेर मेलैँ कफीको कप उसको अगाडी सारी दिए उनले पनि ढिला नगरी मनको उकुस मुकुस भाव पोख्न थालिन हेर न घरमा बाबा बिरामी हुनुहुन्छ, भोली नै मेरो केटा साथि ९ब्वाई फेन्ड० को जन्म दिन छ बाबाको मुटुकको अपरेशन थियो हिजो, नेपालगन्जको कोहालपुर मेडिकल कलेजमा तर म जान पाईन घर जान भनेर छुट्याएको गाडी भाडा ब्वाई फेन्डको जन्म दिनको उपहार किन्दै सकियो के गर्नु उपहार नदिम भने पनि उ रिसाउला भन्ने पिर दिदा जन्म दिएर हुर्काएर आज यहाँ उभिन सकन्े गराउने बाबालाई भेट्न जान नपाउला भनेर पिर लागेको थियो, र पनि सोचे आफ्नो बाबालाई त सम्झाउन सकि हाल्छु भन्ने सोचेर गिफ्ट दिए ।

उसको अनुहारमा अलि हलुका भएको महशुश गरी क्यारे सायद अलि हसिलो अनुहार देखियो तर मेरो मनमा भने कालो बादल आएर रुमलियो । मन मनले सोचे मान्छे कति सम्म भएका है प्रेम र कर्तव्यलाई रोज्न लगायो भने उनीहरु सजिल्यै प्रेमलाई रोज्ने भए । मानौकि उनीहरुलाई हुकाउन ति बा आमाले केही जोखिम नै उठाएनन् । उसले आफ्ना बा आमालाई त कन्भीन्स् गरी हाल्छु भन्ने सोचर बालाई भेट्न जान ठिक पारेको पैसाले गिफ्ट किनेर केटा साथिलाई दिए भनेको शब्द मनमा गुन्जि रह्यो । मनमा ति बुढा भएका बाउ हस्पिटलको सैयामा कसरी बसेका हालान भन्ने मात्र आभास भैरह्यो ।

त्यो हस्पिटलको सैयामा बसेर छोरीको प्रतिक्षा कति गरे होलान् । सायद हरेक बिहानी संगै छोरी आउने आशाको त्यान्द्रो मनमा बादल बनेर मडारिन्थ्यो होला र हरेक साझले त्यो आशाको कोपिलालाई कहिले फक्रिन नै नदिई निमोठ्थ्यो होला । मेरा आखाँ नै रसाएछन् । उनले मेरो भाव बुझेर हो या बुझे जस्तो गरेर हो मलाई सहज बनाउने प्रयत्न गदै भनी मेरो पनि त बाबालाई खुसी भएको हेर्ने रहर नभएको हो र । म अभागी छोरी होला जस्ले कर्तव्य गर्ने बेला बुढेशकालको लाठी बन्ने बेलामा लाठी भाचिएको नाटक गर्दै बस्ने तर यार मलाई नरनम्रो नसोच है । उसले म संग अनुनय विनय गर्दै भनी ।

आज उ संग कुराको पहाड थियो त्यसैले म केही बोलिन उसैलाई मात्र बोल्न दिई रहे । उसले पर भएको वेटरलाई संकेत गरी वेटर पनि छेउ मै आयो उसले चिसो भएकोले फेरी कफी नै मगाई मेलै स्विाकारको टाउको हल्लाए । कुरालाई उ आफैले अगाडी बढाउदै भनी, जिन्दगीमा सब चिज गर्नु यो प्रेम भन्ने चिज कहिले नगर्नु यो एउटा नसा नै रहेछ । हेर आज मलाई मेरो टोकोमा जिम्मेवारी र कर्तव्यको पहाड खसेको छ । तर म यसलाई न पन्छउन सक्छु न त समाल्न नै । उसले हतास हुदै भनी । कफी आयो उसले १ कफ कफीलाई २ घुट्कोमा नै सिध्याई र भनी म दुई ढुंगा बिचको तरुल भएको छु । जस्ले आफु पनि जोगिएर, सम्बन्धलाई पनि जोगाएर लानु छ । तर यो कहिले सम्म कसरी र कु हद सम्म चल्छ त्यो म आफैलाई थाहा छैन् । कफी सकिने वित्तिकै उसले आँखालाई भित्तामा भएको घडी तिर लगेर टक्क रोक्इि र भनी घर जान ढिला भयो । दिदिले मार्नु हुन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE