चिकित्सा शिक्षा विधेयक पास गरे आन्दोलनमा गर्ने निर्णय गर्दै कांग्रेस
सवाल सम्वाददाता
काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडक आन्दोलन गर्ने भएको छ । महासमितिपछि बिहीबार बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले सरकारले संविधान उल्लंघन गरेको, पूर्वाग्रही ढंगले निर्णयहरु गर्न थालेको आरोप लगाएका छन् ।
बैठकमा आफ्ना तत्कालिन सभापतिहरू गिरिजाप्रशाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका दुई अस्पताललाई सरकारले विघटनको संघारमा पु¥याएको आरोप लगाएको छ । त्यी अस्पताल संघीय सरकार मातहत नराख्ने सरकारको निर्णयलाई सदनमा अझै दह्रोसँग उठाउनेबारे पनि छलफल भएको छ ।
पार्टी कार्यालय सानेपामा बसेको बैठकले चारबुँदे निर्णय गरेको छ । जसमा सरकारसँगै सभामुखमाथि समेत प्रश्न उठाइएको छ । बैठकले सरकारले गरेको निर्णय लोकतान्त्रिक संस्कृतिविपरीत भएको र त्यसबारे पनि आवाज उठाउने विषय बैठकमा उठेको छ ।
केन्द्रीय कार्यसमिति बैठकका बारेमा जानकारी दिँदै प्रवक्ता विश्वप्रकाश शर्माले संविधानअनुसार प्रतिपक्षी दलको नेता परिषद्को सदस्य रहने र प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा परिषद्ले निर्णय गरे त्यो विधि र संस्कृतिको उल्लंघन हुने टिप्पणी गर्नुभयो । संवैधानिक परिषदको माघ ६ गते बसेको बैठकले विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष पदका लागि नाम सिफारिश गरेको थियो । बैठकमा पार्टीको गत मंसिर २८ देखि पुस ८ गतेसम्म काठमाडौंमा भएको महासमिति बैठकले प्राप्त सुझावलाई मध्यनजर गरी केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी पारित गरेका पाँच प्रतिवदेनका बारेमा समेत छलफल भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
सरकार काग्रेससंग पुर्वाग्राही भएको भन्दै भोलि संसदमा सरकारले आफूले उठाएका मागहरु सम्बोधन नगरी बलपूर्वक चिकित्सा शिक्षा विधेयक पास गरे सरकारविरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गर्ने काग्रेसका नेताहरुले बताएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE