दोरम्बामा मेचमानको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी गठन, १६ बुँदे घोषणा पत्र जारी
३० कार्तिक – दोरम्बा नेकपा (माओवादी केन्द्र) दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ को प्रथम वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट मेचमान योञ्जन (संगम)को नेतृत्वमा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ ।


जसमा ७ सदस्यीय कार्यालय टीम र ११ सदस्यीय सचिवालय टीम सहित वडा कमिटी सर्वसम्मतबाट निर्वाचित भएका छन् । साथै निर्वाचित कमिटीले वडा पार्टीको १६ बुँदे घोषणा पत्र जारी गरेको छ ।
अध्यक्ष – मेचमान योञ्जन (संगम)
उपाध्यक्ष – देउकुमारी मगर
सचिव – हस्त लामा
सह–सचिव – मिन कुमारी श्रेष्ठ
कोषाध्यक्ष – सिंहराज योञ्जन
कार्यालय सदस्य – छोनाम मोक्तान
कार्यालय सदस्य – चित्र तामाङ
सदस्य – सतली मायाँ मगर
सदस्य – बिर्ख बहादुर तामाङ
सदस्य – निर्माला जैरु
सदस्य – मिङमर तामाङ
सदस्य – श्याम लाल योञ्जन
सदस्य – मंगले विश्वकर्मा
सदस्य – गोमन जर्कामगर
सदस्य – भिम बहादुर पहरी
सदस्य – लाल बहादुर श्रेष्ठ
सदस्य – राधिका पाठक
सदस्य – बिमल ढलकुटी
सदस्य – मान बहादुर तामाङ
सदस्य – लाल बहादुर थापामगर (एल.बी.)
सदस्य – पुष्कर माल्बुके
सदस्य – अष्टलक्ष्मी थिङ
सदस्य – एक बहादुर मगर
सदस्य – निश्चल मोक्तान
सदस्य – बम बहदुर थामी
सदस्य – धर्मराज मोक्तान
सदस्य – पाल्साङ तामाङ
सदस्य – निर्मला तामाङ
सदस्य – संजिता थापामगर
ऐतिहासिक, संस्कृतिक, पर्यटन गन्तव्य गाउँ, सहिदहरुको रगतले सिंचित भूमि दोरम्बामा महान गौरवशाली नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दोरम्बा शैलुङ गा.पा. वडा नं. २ को वडा संगठन कमिटिको प्रथम ऐतिहासिक वडा सम्मेलन बाट पारित १६ बँुदे घोषणा—पत्र वाचन गर्न चाहान्छु ।
१. नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दोरम्बा गा.पा. २ नं. वडा संगठन कमिटिको हाल कायम रहेको पार्टी सदस्य संख्याको आगामी सम्मेलन सम्म दोब्बर वनाइनेछ ।
२. पार्टी संगठन चुस्त दुरुस्त वनाउन व्यापक सेल कमिटि विस्तार गरिनेछ । साथै हरेक सदस्यहरुबाट नियमित पार्टी सदस्य लेवी संकलन गरिनेछ ।
३. प्रत्येक नेता कार्यकर्ता श्रमसंग जोडिने छ । पार्टीले उत्पादन विग्रेड खडा गरी रोजगार सृजना गर्नुका साथै बेरोजगार निरमुल गर्न जोड दिइनेछ ।
४. घाईते, अपाङ्ग तथा सहिद परिवारहरुको आवश्यकताको आधारमा सरकार सँग समन्वय गरी विशेष कार्यक्रम सञ्चालन गर्न पहल गरिेनेछ ।
५. विद्यालय उमेरका हरेक वालबालिकालाई विद्यालय शिक्षाबाट बञ्चित हुन नदिई उनीहरुमा प्राविधिक शिक्षा सहित बैज्ञानिक शिक्षानिती अवलम्बनमा जोड दिइनेछ ।
६. दोरम्बा बृहत खानेपानी योजना शिघ्र सम्पन्न गर्न पहल गरी एक घर एक धाराको अबधारणालाई कार्यन्वयनमा जोड दिइनेछ ।
७. निर्माणाधीन १५ शैया अस्पताल भवन तोकिएको समयमै सम्पन्न गराई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न जोड दिइनेछ ।
८. दोरम्बा बजारमा निर्मित सार्वजनिक सौचालय व्यबस्थित बनाई शिघ्र प्रयोगमा जोड दिइनेछ ।
९. दोरम्बा नगर विकास समिति सक्रिय बनाई व्यवस्थित बजारिकरणमा जोड दिईनेछ । साथै बजार क्षेत्रमा सडक बत्ती राख्न तत्काल पहल गरिनेछ ।
१०. दोरम्बा सहिद स्मृति क्षेित्रय रंगशाला प्याराफिट सहितको निर्माण गर्न जोड दिइनेछ । साथै हरेक बर्ष सहित स्मृति खेलकुद कार्यक्रम सञ्चालन गर्न पहल गरिनेछ ।
११. दोरम्बा बजार क्षेत्रमा कम्तिमा ३ कि.मि. सडक व्यवस्थित ढल निकास सहित सडक कालोपत्रे गर्न पहल गरिनेछ ।
१२. पर्यटन गन्तव्य दोरम्बाको थप विकास प्रवद्र्घन गर्न पर्यटन पुर्वाधार निर्माण गरी प्रचार प्रसार गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन पहल गरिनेछ ।
१३. ऐतिहासिक दोरम्बा हत्याकाण्ड सम्बन्धी सहिद पार्क र गुरिल्ला पदमार्ग निर्माण गर्न पहल गरिनेछ ।
१४. बृहत शान्ति सम्झौता बमोजिम नेपाली सेनाको अस्थायी व्यारेक ताल्चुगडी दरबारबाट स्थानतरण र व्यबस्थापन गर्न पहल गरी ऐतिहासिक पुरातात्वयिक घिसिङ राजाको दरवार ताल्चु दरवार संरक्षण र सम्बद्र्घन गरी पर्यटन प्रवद्र्घन गर्न पहल गरिनेछ ।
१५. आधुनिक कृषि उत्पादनमा प्राविधिक सहायता प्रदान सँगै उत्पादित कृषिवस्तुको बजारीकरणको लागि पहल गरिनेछ ।
१६. ऐतिहासिक, संस्कृतिक पहिचान भएको दोरम्बा गा.पा.को हेरफेर सम्बन्धमा हाम्रो पार्टी र सरोकारवाला जन्तासंग आबश्यक छलफल नगरी गा.पा.को नाम हेरफेर गरिएको हुँदा यसलाई फिर्ता गर्न – गराउन आवश्यक समन्वय गरिनेछ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE