१३ जुवाडे १८ लाख सहित कागेश्वरीबाट पक्राउ
७ अश्विन, काठमाडौं – काठमाडौंबाट १८ लाख ७५ हजार ५ सय रूपैयाँसहित १३ जना जुवाडे पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ हरहर महादेवस्थित कमल दाहालको घरबाट १३ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।
दाहालको घरमा अवैध रूपमा जुवा खेलिरहेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो । सो टोलीले बुधबार मध्यराति उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट १८ लाख ७५ हजार पाँच सय रूपैयाँ बरामद गरेको छ । तास, १० हजार रूपैयाँका ४० वटा सिक्का, पाँच सय रूपैयाँका ८० वटा सिक्का र एक हजार रूपैयाँको १४० वटा सिक्का बरामद गरेको छ । उनीहरूमाथि वृत्त बानेश्वरबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE