Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि सितापाइला तेक्वान्दो डोजाङ्गलाई

बाग्मती – राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०७६ को उपाधि सितापाइला तेक्वान्दो डोजाङ्गले हात पार्न सफल भएको छ । न्यू जावलाखेल तेक्वान्दो डोजाङ्गद्वारा आयोजित उक्त प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ३ कास्य सहित सितापाइला तेक्वान्दो डोजाङ्ग प्रथम भएको हो । सितापाइला तेक्वान्दो डोजाङ्गले ५० हजार नगदका साथै मेडल र टर्फी हात पारेको छ ।

यस्तै दोश्रो स्थान दिलिप स्मृति र युनाइटेड तेक्वान्दो डोजाङ्ग तेस्रो भएको छ । दिलिप स्मृतिले ३० हजार नगदका साथै मेडल र टर्फी हात पारेको छ । भने तेश्रो स्थान हासिल गर्न सफल हुने युनाइटेड तेक्वान्दो डोजाङ्गले २० हजार नगदका साथै मेडल र ट्रफी प्राप्त गरेको छ ।

विजेताहरुलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले सम्मानित गर्नुभएको थियो । ललितपुर पाटन भ्रमण जाऔ,आन्तरिक तथा बाह्य पर्यटक बढाऔँ भन्ने मुल नाराका साथ गत ३ जेष्ठ शुरु भई दुई दिनसम्म धोविघाटको फुटसलमा चलेको प्रतियोगितामा देशैभरबाट ६ सयभन्दा बढी तेक्वान्दो खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ बिरगंजका खेलाडी उत्कृष्ट घोषित भए भने महिला तर्फ युनाइटेड तेक्वान्दो डोजाङ्गको खेलाडी उत्कृष्ट भएकी छन्। डोजाङ्गले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दो खेलमा स्वर्ण पदक प्राप्त गर्ने तेक्वान्दो खेलाडि अनुज पुजारी तथा काष्य पदक प्राप्त गर्ने सोहि डोजाङ्गकी खेलाडी निशा दर्नाललाई समेत सम्मान गरेको आयोजकले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE