Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

हत्कडीसहित पौडेर नयाँ कीर्तिमान

१९ फागुन
काठमाडौँ – अमेरिकाको भर्जिनिया निवासी एक पुरूषले गिनिज वल्र्ड रेकर्ड तोड्ने उद्देश्यले हातमा हतकडी लगाएर एउटा पौडी पोखरीमा ५ दशमलव ३५ माइल दूरी पौडेको  छ । ३२ वर्षीय बेन क्यात्जम्यानले किंग जर्ज वाइएमसिएको पौडी पोखरीमा ३ सय ४४ पटक पौडेर वारपार गरेको  थियो ।

यसअघि, सन् २०१९ मा एल्ह्याम सादात आस्गारी नामक व्यक्तिले हत्कडी लगाएर ३ दशमलव ४१ माइल दूरी पौडेर गिनिज वल्र्ड रेकर्ड राखेको थियो । क्यात्जम्यानले आफ्नो यस नयाँ कीर्तिमानले गिनिज रेकर्ड मात्र नभई आफ्नै हतकडी लगाएर वा नलगाएर पौडेर बनाइएका थुप्रै पूर्व कीर्तिमान समेत तोडिएको बताएको छ ।उनले औपचारिक मान्यताप्राप्त गर्न आफूले प्रमाणसहित यस पौडीको भिडियो गिनिज समक्ष पेस गरिसकेको बताएको छ ।

एजेन्सीको सहयोगमा

 

WRITE COMMENTS FOR THIS ARTICLE