सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिन्छ, पूर्व सहमती कार्यन्वयन गर्नुको विकल्प छैन : बामदेव गौतम
जनपक्षीय बजेटका कारण सरकारको प्रशंसा भैरहेको छ
सवाल सम्वाददाता
राप्ती- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामेदव गौतमले सरकारले पाँच वर्ष भित्र नेपाललाइ समृद्धिको बाटोमा उन्मुख गरि छोड्ने बताउनुभएको छ । प्रेस संगठन प्यूठानले शुक्रबार जुर्मिमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता गौतमले २०७० सालको निर्वाचनको समयमा प्यूठानी जनता सामु गरिएका प्रतिबद्धताहरु एकपछि अर्काे गर्दै पुरा हुँदै आएको र आगमी दिनमा पनि पुरा गर्ने प्रतिबद्धता व्यकत गर्नु भएको छ ।
यहाँका समस्याका बिषयमा म जानकार छु उहाँले भन्नुभयो, यहाँका समस्या अव लामो समयसम्म रहदैन । साथै उहाँले प्युठानमा लविद्युत आयोजना आफ्नै पहलमा निमार्ण हुने नेता आश्वासन समेत दिनुभएको छ ।
यस्तै फरक प्रसगंमा नेता गौतमले सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले जे सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन नगर्न समेत अग्रह गर्नु भयो । सरकार सञ्चालनका लागि नेकपाले ५ वर्षको म्यान्डेट पाएकाले अध्यक्षद्वयले आलोपालो सरकार चलाउनु पर्ने कि ओलीले अध्यक्ष पद छाड्नुपर्ने धारणा प्रचण्डले एक टेलिभिजन कार्यक्रममार्फत सार्वजनिक गर्नुभएको थियो ।
प्रचण्डको यस्तो भनाइपछि नेकपामा बहस सुरु भएको छ । यसबारे शीर्ष नेताहरुको धारणा आउन बाँकी रहेको गौतमले मुख खोल्दै प्रचण्डको समर्थन गरेपछि यो बहस थप चर्कने सँकेत देखिएको छ । नेता गौतमले बजेट जनपक्षीय भएको भन्दै त्यसको बचाउ समेत गर्नुभएको छ ।
जनपक्षीय बजेटका कारण सरकारको प्रशंसा भैरहेको भन्दै उहाले कार्यान्वयन भएरै छाड्ने दाबी समेत गनुृभयोे । वैदेशिक ऋण बढी भयो नि भन्ने पत्रकारहरुको जिज्ञासामा उहाँले ‘ऋण लिनै पर्छ । विकासका लागि विकसित देशहरुले पनि लिएका छन् ।’ ऋण लिएरै देशको बिकासको ढोका खोलिने छ, उहाँले भन्नुभयो ।
स्वरोजगार सिर्जना गर्नका लागि देशमा भएका खानीहरु उत्खनन् गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले तत्कालीन र दीर्घकालीन योजनाहरु छुट्टाएर कार्यान्वयनमा अघि बढेको छ । ‘सिष्टममा केही अफ्ठ्यारा छन, अब सफ्टवयरमै परिवर्तन गरेर कार्यान्वयन गरिनेछ’, नेता गौतमले भन्नुभयो ।
मिडिया काउन्सिल विधेयक, सार्वजनिक खरिद ऐनलगायतका थुप्रै ऐनहरु संशोधन तथा नयाँ कानुनहरु निर्माण गर्न आवश्यक रहेको नेता गौतमको भनाइ छ । भ्रष्टाचार नहोस् भनी बनाइएको सार्वजनिक खरिद ऐनले गैर कानुनी काम झनै बढेको उहाँको दाबी छ ।
पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका गौतमले आपराधिक गतिविधि शून्य हुन साम्यवाद आउनु पर्ने उल्लेख गर्नुभयो । एकाध हुने अपराधिक घटनाको छानविन गर्न सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने उहाँको भनाई थियो । कांग्रेसबारे बोल्दै उहाँले असल प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह समेत गर्नुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE