Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

हट्यो अस्ट्रेलियाको यात्रा प्रतिबन्ध

६ मंसिर, एजेन्सी अस्ट्रेलियाले विदेशी नागरिकमाथि लगाउँदै आएको यात्रा प्रतिबन्ध १ डिसेम्बरदेखि हटाउने भएको छ कोभिड१९ संक्रमणको कारण देखाउदै अस्ट्रेलियाले दुई वर्षदेखि यात्रा प्रतिबन्ध लगाएको थियो  

प्रतिबन्ध हटेसँगै दक्ष आप्रावासी, अन्तर्राष्ट्रिय विद्यार्थीसहित जापान र दक्षिण कोरियाका नागरिक अस्ट्रेलियाको भ्रमण गर्न पाउने भएका छन् अस्ट्रेलियाले गत वर्षको मार्चदेखि सीमामा थप कडाई गरेको थियो  

नयाँ नियमअनुसार योग्य भिसाधारीलाइ अब कुनै रोकतोक बिना अस्ट्रेलिया फर्किन पाउनेछन् प्रतिबन्ध फुकुवासँगै दुई लाखभन्दा धेरै मानिसलाई राहत पुग्ने स्थानीय सञ्चार माध्यमले जनाएका छन्

सोमबारको घोषणालाई प्रधानमन्त्री स्कट मोरिसनलेमहत्त्वपूर्णकदम भनेका छन् पछिल्लो कदम अस्ट्रेलियालाई महामारीपूर्वको अवस्थामा फर्काउन कोशेढुंगा साबित हुने प्रधानमन्त्रीको विश्वास छ

सन् २०१९ मा अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रमले अस्ट्रेलियाको अर्थतन्त्रमा ३७ अर्ब डलर योगदान दिएको थियो

प्रतिबन्धको समयमा विशेष कारण दर्शाएर क्वारेन्टिनको नियम पालना गरेपछि मात्र अस्ट्रेलिया प्रवेशको अनुमति दिइँदै आएको छ  

अस्ट्रेलियाका १६ वर्षमाथिका ८५ प्रतिशतभन्दा बढीले पूर्ण खोप लगाएका छन्  

WRITE COMMENTS FOR THIS ARTICLE