मुक्तिनाथ वेद विध्याश्रमका छात्रहरुद्वारा गजेन्द्र मोक्ष संस्कृत परिषद् गठन
- मनिष रन्जन बराल
२ चैत, काठमाडौँ – मुक्तिनाथ वेद विध्याश्रमका छात्रहरुले गजेन्द्र मोक्ष संस्कृत परिषद् गठन गरेका छन् । अखण्डज्योति बाबा स्वामी श्रीजी च्यारिटेवल ट्रष्टको शाखा गजेन्द्रमोक्ष दिव्यधाममा अवस्थित मुक्तिनाथ वेद विध्याश्रमका भुतपुर्व र अध्यनरत छात्रहरुले गजेन्द्र मोक्ष संस्कृत परिषद् गठन गरेका हुन् ।
अनन्त श्रीविभुषित मुक्तिनाथ पीठाधीश्वर स्वामी श्री कमलनयनाचार्य (मुक्तिनाथबाबा) ज्युको सत्सान्निध्यतामा उत्तराधिकारी स्वामी श्रीकृष्ण प्रपन्नाचार्यज्यु,विध्यालयका प्राचार्य,साथै अन्य गुरुवर्ग र विध्यार्थीहरुको समुपस्थितीमा उक्त परिषद् गठन भएको हो।

समाजमा रहेका विकृति विसंगतिको अन्त्य साथै संस्कृत शिक्षाको महत्त्वलाई उजागर गर्ने मुल उद्देश्यका साथ उक्त परिषद गठन गरिएको परिषद्ले सामाजिक सद्भाव, नैतिक चरित्रवान समाजको परिकल्पना गर्ने कुरा (मुक्तिनाथ बाबा)ले बताउनुभयो ।
परिषदले संस्कृत शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याउने उत्तराधिकारी स्वामीले बताउनुभयो । परिषद्लाई बधाई तथा शुभकामना दिनुहुँदै शिक्षा क्षेत्रमा यो परिषद्ले उल्लेखनिय योगदान पुर्याउने कुरा उपस्थित गुरुवर्गहरुले बताउनुभयो ।

सो भेलामा विध्यार्थीहरुले आफ्नो धर्म, संस्कार संस्कृतिलाई जोगाई धार्मिक अध्यात्मिक जनजागरण ल्याउनको लागि यो संस्थाको उल्लेखनीय भुमिका रहने समेत बताएका थिए। उक्त भेलाले पदाधिकारी सहित ११ सदस्य कार्यकारिणी समिति गठन गर्यो।

सो परिषद्मा भुतपुर्व विध्यार्थी सुदर्शन बडाल अध्यक्षमा मनोनीत हुनुभयो भने उपाध्यक्षमा विश्वप्रकास सचिवमा सागर रिजाल (सनातन), कोषाध्यक्षमा शन्देश सापकोटा र सह-सचिवमा श्रीनिवास पौडेल, सह कोषाध्यक्षमा सरोज अधिकारी सहित सदस्यहरुमा बालकृष्ण आचार्य,गणेश पौडेल,जगतमणि अधिकारी ,चन्द्र प्रकाश आचार्य र श्रीकृष्ण मिश्र, रहेका छन् ।
परिषद्ले विभिन्न क्षेत्रसंग संबंधित भैई धार्मिक सामाजिक लगायत विभिन्न क्षेत्रमा कार्य अगाडि बढाउने योजना बनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE