उपचार गर्न नसकी घर फर्काइएका तामाङलाई साईनिङ्ग स्टार युवा मञ्चको सहयोग
काठमाडौँ । श्री साईनिङ्ग स्टार यूवा मञ्च नेपालले बिरामी ३३ वर्षीय शेर बहादुर तामाङलाई आर्थिक सहयोग गरेको छ ।
रामेछापको खाँडादेवी गाउँपालिका वडा नं । १ पाङ्खर निवासी कलेजो तथा छालाको क्यान्सर पीडित शेर बहादुर तामाङलाई साईनिङ्ग स्टार यूवा मञ्च नेपालले ३६ हजार ५१८ एकमुष्ट रकम संस्थाका सल्लाकार चक्र घिसिङ र पुर्ब अध्यक्ष नबराज लामा लगायतको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरेको संस्थाका महासचिव चक्रबहादुर लामाले जानकारी दिनुभयो ।
लामाका अनुसार केहि महिना अघिदेखि कलेजोमा खराबी र छालामा टिबी देखिएसंगै सिकिस्त बिरामी परेको र उपचारमा लाग्ने आर्थिक रकम उपलब्ध हुन नसक्ने भएपछि तामाङलाई घर फर्काइएको छ ।
तामाङलाई उपचार खर्च धेरै लाग्ने भएपनि थोरै भएपनि सहयोग होस भने र सहयोग रकम संकलन गरिएको महासचिव लामाले बताए । उनका अनुसार उक्त सहयोग संकलनमा विभिन्न व्यक्तिहरुले सहयोग गरेको र नेपाली काङ्ग्रेस राकाथुम काठमाडौं सम्पर्क समितिले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त रकम रामेछाप काङ्ग्रेसका क्षेत्रीय सदस्य तथा संस्थाका सल्लाहकार बिष्णु कुमार घिसिङले संस्था मार्फत पीडितलाई बुझाएका हुन ।
बिरामी तामाङलाई केहि समय अघि काठमाडौं स्थित बीर अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचार सम्भव भएपनि घरको आर्थिक अवस्था कमजोर भएकोले उपचार गर्न नसकेपछि घर फर्काएको थियो ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE