Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

प्रधानमन्त्री देउवा र विप्लवबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री देउवा र विप्लवबीच बालुवाटारमा भेटवार्ता

६ साउन, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

बालुवाटारमा हुने भेटवार्तामा विप्लवका साथमा नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोला पनि सँगै रहेका छन् । प्रधानमन्त्री निवासमा भइरहेको छलफलमा गृहमन्त्री बालकृष्ण खाण उपस्थित छन् ।

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्ति प्रक्रियामा आएसँगै अघिल्लो सरकारसँग भएको तीनबुँदे सम्झौता कार्यान्वयनका लागि विप्लवले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको बताइएको छ ।

‘विप्लव’ले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका नेता डा. बाबुराम भट्टराईलगायतका नेतासँग पनि छलफल गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE