Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

एमालेका नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुको बैठक सुरु

एमालेका नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुको बैठक सुरु

६ साउन, काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक सुरू भएको छ। बैठक काठमाडौंको शंखमुलमा सुरू भएको हो ।

आजको बैठकमा पछिल्लो राजनीतिक घटना र पार्टी एकीकरणबारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने कि नदिने विषयमा मत बाँझिएपछि गत साउन ३ गते यता स्थायी कमिटी सदस्यहरू जुट्न सकेका थिएनन्।

आजको बैठकमा साउन ३ यताको राजनीतिक परिस्थिति र एमाले एकीकरणको विषयमा विस्तृत छलपलल हुने एक स्थायी कमिटी सदस्यले बताए।

बुधवारको बैठकमा प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिएका नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरु पनि उपस्थित रहेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरूलाई कारवाही गर्ने बताइरहेका बेला बुधबारको छलफल त्यो विषयमा पनि केन्द्रीत हुने नेताहरूले बताएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE