१५ महिनापछि म प्रधानमन्त्री हुने हो, ओली जीले आफूलाई सत्ता हस्तान्तरण गर्नेमा ढुक्क छु : प्रचण्ड
बाग्मती । तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीचको एकता पश्चात बनेको नयाँ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको १५ महिनापछि आफू प्रधानमन्त्री बन्ने बताउनु भएको छ । उहाँले पार्टी एकताका क्रममा भएको सम्झौता समयानुसार अब प्रधानमन्त्री आफु बन्ने बताउनुभएको हो ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले पार्टी एकता हुँदाखेरि नै आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको भन्दै १५ महिनापछि आफु प्रधानमन्त्री हुने दाबी गर्नुभएको हो । उहाँले बिहीबार एक कार्यक्रममा बोल्दै एकताका क्रममा आफु प्रधानमन्त्री हुने सहमति भएको र सहमति केपी शर्मा ओलीले पालना गर्ने विश्वास भएको बताउनु भएकाे छ ।
‘‘पार्टी एकता हुँदाखेरि गरिएको सहमतिबाट कसैले दायाँ बायाँ गर्न खोजेमा या धेरै घमण्ड गरेमा कोही पनि टिक्ने छैनन्, मैले गरे म टिक्दैन अरूले गरे अरू टिक्दैनन् ।’’ प्रचण्डले भन्नुभयो । उहाँले ओली आफूलाई सत्ता हस्तान्तरण गर्नेमा ढुक्क रहेको बताउनुभएको छ । तर प्रचण्डले देशमा सुशान, शान्ति एवं विकासले गति लियो भने या जनता र देश प्रधानमन्त्रीसँग ढुक्क रहन सक्यो भने पार्टी भित्रै सहमति गरेर ५ वर्षनै केपी शर्मा ओली नै प्रधानमन्त्री बन्न सक्नेसमेत बताउनुभएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE