Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

एटीएम मेसिन तोडफोड गर्दागर्दै एक पक्राउ

एटीएम मेसिन तोडफोड गर्दागर्दै एक पक्राउ

२७ जेठ, काठमाडौं– प्रहरीले एटिएम मेशिन तोडफोड गर्ने क्रममा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मेशिन काठमाडौं महानगरपालिका–५ भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गर्दागर्दै एकजनालाई पक्राउन गरेको हो । पक्राउ पर्नेमा डडेल्धुरा सेतीबेशी गाउँपालिका–४ घर भएका २१ वर्षीय दिनेश क्षेत्री रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो ।

उनलाई एटिएम तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँको टोलीले चोरीमा प्रयोग हुने औजार सहित पक्राउ गरेको हो ।

प्रहरीले यस विषयमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE