Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

सञ्चारमन्त्रीको निर्देशनमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले दिए राजीनामा

काठमाडौं  – सञ्चारमन्त्री गोकुल बास्कोटाको  निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । धेरै विवाद आएको भन्दै मन्त्री बास्कोटले झा लाई राजीनामा  दिन निर्देशन दिएका थिए । झाले राजीनामा दिएको मन्त्रालय उच्च स्रोतले पुष्टि गरेको छ। त्यसअघि पत्रकार सम्मेलन गरेर उनले सत्तारुढ नेकपाका नेताहरुविरुद्ध मानहानी मुद्दा हाल्ने बताएका थिए ।

झालाई बर्खास्त गर्न माग गर्दै नेकपाका केन्द्रीय सदस्यहरुले हालै मात्र पार्टीमा ज्ञापनपत्र बुझाएका थिए । साथै स्थायी कमिटी बैठकमा समेत झाको नियुक्तिलाई लिएर सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो । बुधबार पत्रकार सम्मेलन गरी झाले आफू प्रतिस्पर्धाबाटै दूरसञ्चार प्राधिकरणको नेतृत्वमा आएको तथा इमान्दार, कर्तव्यनिष्ट कर्मचारी भएको भएको दाबी गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE