Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

डा. केसी सुटुक्क इलाममा

काठमाडौं  – चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्नेलगायतका माग राखेका डा. गोविन्द केसीले इलामबाट अनशन सुरु गर्ने भएका छन। सोहौं पटकको अनशनका लागि उनी मंगलबार बिहान सुटुक्क इलाम पुगेका हुन्।

डा.अभिषेक राज सिंहले ट्विट गर्दै यसपटकको लडाईं इलामबाट लड्ने जनाएका छन्। ट्वीटमा उनले लेखेका छन्, ‘आशा छ, सरकार समयमै गम्भीर बन्ने छ र माग सम्बोधन हुने छ।’

१५ औं सत्याग्रहका बेला गत साउन १० गते सरकार र डा। केसीबीच सम्झौता भएको थियो। चिकित्सा शिक्षा विधेयक अगाडि बढाउने क्रममा विगतमा गरिएका सम्झौता उल्लंघन गर्ने चलखेल भए कुनै पनि बेला अनशन बस्ने चेतावनी यस अघि दिएका थिए।

डा। केसीले संसदको शिक्षा तथा स्वास्थ्य समितिका तर्फबाट विधेयकलाई अघि बढाउन केही दिन लाग्ने भएकाले यस अघि घोषित अनशनलाई दुई सातापछि सारेर १७ गतेसम्मको अल्टिमेटम दिएका थिए।

मोबाइल स्वीच अफ

इलाम पुगेका केसी स्थानीय एक सञ्चारकर्मीसँग कुराकानीपछि सुत्न निस्किएका छन्। उनले आफ्नो अनशनको बारेमा केही बताएका छैनन। ‘उनी मुसुमुसु हाँस्छन्। केही बोल्दैनन्। मोबाइल स्वीच अफ गरेका छन् । अन्नपुर्णपोष्टबाट

WRITE COMMENTS FOR THIS ARTICLE