Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

मुख्यमन्त्री पोख्रेलले आज विश्वासको मत लिँदै

४ असार काठमाडौँ – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोख्रेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो।

एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ्गले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गरेका कांग्रेस संसदीय दलका नेता पोख्रेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री पोखरेललाई उहाँको दल नेपाली काँग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक जना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE